स्वर्गीय लक्ष्मीनारायण श्रेष्ठ भलिबल मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल र बिच भलिबल खेलाडीको कोरोना बीमा गरिदिएको छ।
प्रतिष्ठानले राष्ट्रिय टोलीका महिला पुरुष खेलाडी २८ जना र बीच भलीबलका ८ जना गरि कुल ३६ खेलाडीको एनएलजीमा बीमा गरेको हो।

प्रतिष्ठानले सबै खेलाडीको १ लाखको बीमा गरेको हो। बीमा गर्दा राष्ट्रिय महिला टोलीकी प्रतिभा माली र बीच भलीबलका दिल सुनार उपस्थित थिए।
गत वर्ष स्वदेशमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी टोलीका सबै खेलाडीको बीमा गरेको हो।
१३औँ सागमा महिला भलिबल टोलीले रजत र महिला बिच टोलीले कांस्य पदक जितेको थियो। पुरुषतर्फ भने नेपाल पदकविहीन बनेको थियो।

प्रतिक्रिया