खेल


लियोनसँग हार्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट बाहिर

लियोनसँग हार्दै म्यानचेस्टर सिटी च्याम्पियन्स लिगबाट बाहिर

नेपालखबर
साउन ३२, २०७७ आइतबार ३:१६,

फ्रान्सेली क्लब लियोनसँग क्वार्टरफाइनलमा ३-१ ले पराजित हुँदै इङ्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ। 

शनिबार राति भएको खेलको २४औं मिनेटमा म्यासवेल कोर्नेटको गोलसँगै लियोनले अग्रता लिएको थियो।  केभिन डी ब्रुईनले ६९ औ मिनेटमा बराबरी गोल फर्काए।

खेलको ७९औं मिनेटमा डेम्बेलेले लियोनका लागि दोस्रो गोल गरे भने खेल सकिन तीन मिनेट बाँकी रहँदा अर्को गोल गर्दै डेम्बेलेले लियोनलाई ३-१ को जित दिलाए।

लियोनले अब सेमिफाईनलमा जर्मन क्लब बायर्न म्युनिखसँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad