चितवनस्थित भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारीसहित चार स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले अस्पतालको फेसबुक पेजमार्फत प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. तिवारीसहित अस्पतालका तीन डाक्टर र एक स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
उनका अनुसार अस्पतालका प्रसूति विभागका प्रमुख डा. सुनिलमणि पोखरेल, आकस्मिक कक्षका चिकित्सक र अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको हाे।
सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।
याे पनि : चितवनमा डाक्टर र नर्ससहित थप २८ जनामा कोरोना पुष्टि
मेडिकल सुपरिटेन्डेन्टसहित चार कर्मचारीलाई कोरोना संक्रमण भएकाे जानकारी दिँदै भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारी (तस्बिरमा देखिने होइन, आवाजमा सुनिने)-
Shares

प्रतिक्रिया