खेल


पिकेको प्रतिक्रियाः पहिले मैले टोली छाड्नेछु, क्लबमा परिवर्तन आवश्यक छ

पिकेको प्रतिक्रियाः पहिले मैले टोली छाड्नेछु, क्लबमा परिवर्तन आवश्यक छ

नेपालखबर
साउन ३१, २०७७ शनिबार ८:५८,

क्वार्टर फाइनलको लज्जास्पद हारसँगै बार्सिलोनाका डिफेन्डर जिरार्ड पिकेले आफ्नो टोलीको हार स्वीकार गर्दै विभिन्न विषयमा प्रतिक्रिया दिएका छन्।

पिकेले खेलपछि भनेका छन्,‘यो भयानक खेल थियो। यस्तो खराब तरिकाले प्रतिस्पर्धा गर्न सकिँदैन।’

यस्तो अवस्था बार्सिलोनाले धेरैपटक अनुभव गरेकाले यस विषयमा सबैले आत्मलोचना गर्नुपर्ने उनको भनाइ छ।

‘क्लबमा परिवर्तनको आवश्यकता छ। मैले प्रशिक्षक र खेलाडीको कुरा गरिरहेको छैन। म कसैलाई दोष दिन चाहन्न’ उनी भन्छन्,‘क्लबमा सबै किसिमको परिवर्तन आवश्यक छ किनभने हामीले यस्तो अवस्था धेरैपटक भोगेका छौं।’

पिकेले क्लबमा परिवर्तनको खाँचो औल्याउँदै क्लबबाट बाहिरिने पहिलो खेलाडी आफू हुने पनि बताएका छन्।

उनी भन्छन्,‘हामीले क्लबको हितको लागि सोच्नुपर्छ। नयाँ खेलाडी परिवर्तन गरिनुपर्ने भए पहिलो व्यक्ति म हुनेछु जसले क्लब छाड्नेछ।’ मार्का

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .