ad ad

खेल


मन्त्री र सदस्य सचिवलाई थपलियाकाे सुझाव: जहाँ गयो त्यहीँ आश्वासन नदिनुहाेस्

मन्त्री र सदस्य सचिवलाई थपलियाकाे सुझाव: जहाँ गयो त्यहीँ आश्वासन नदिनुहाेस्

नेपालखबर
साउन १४, २०७७ बुधबार १५:३८,

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले हिजोको जसरी जहाँ गयो त्यहीँ खेलकुद मैदान बनाई दिन्छु भनेर नबोली तयारी गरेर मात्रै बोलिदिन आग्रह गरेका छन्।

खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माकै अगाडि सचिव थपलियाले पद्धतीगत योजना बनाएर योजनामा भएका कुरा मात्र बोलिदिँदा कुनै समस्या नआउने बताए।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष र सदस्यसचिवको सपथ गह्रण कार्यक्रममा मन्त्रालयका सचिव थपलियाले योजनामा भएका कुरामात्र बोल्न आग्रह गरेका हुन्।

सपथ गह्रणमा युवा तथा खेलकुद मन्त्री र सदस्यसचिवले आफ्नो भनाइ राखेपछि सचिव थपलियाले भने, ‘खेलकुदको विकासका लागि धेरै पदाधिकारी र संरचना भएर मात्र हुँदैन। यो विगतले पनि देखाएको छ। हामीलाई धेरैभन्दा धेरै प्रतियोगिता, धेरै पुर्वाधार र खेलाडीको क्षमता विकासका लागि तालिम चाहिएको छ। जुन कुराको परिणाम सागले पनि देखाइसकेको छ।’

उनले थपे, ‘खेलकुदको विषय सबैको साझा अधिकारको विषय हो। अहिले खेलकुदसम्बन्धी जुन ऐन छ, यो नेपालभर लागू हुने बताउँदै पछि संघीय व्यवस्थामा लागू हुने बताए। यद्यपी प्रदेश सरकारहरुले हामीले केन्द्रमा समयमै ऐन बनाउन नसकेको कारणले उहाँहरुले आफ्नै ऐन बनाउनु भएको छ। संरचनाहरु पनि बनाउनु भएको छ। पछि हामीले बनाएको ऐनसँग मिलाएर जानुपर्ने बाध्यात्मक परिस्थिति उहाँहरुलाई छ। त्यो गर्नु हुन्छ भन्ने मलाई विश्वास छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .