वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता रद्द भएको छ।
कोरोना भाइरसको महामारी र गत आर्थिक वर्षमा प्रतियोगिताका नाममा निकासा भएको रकम फिर्ता गर्न राष्ट्रिय खेलकुद परिषद्ले ताकेता गरेकाले प्रतियोगिता रद्द गरेको गणेशमान सिंह फाउण्डेसनले जनाएको छ।
फाउण्डेसनले मगंलबार विज्ञप्ती जारी गर्दै प्रतियोगिता रद्द हुँदा पर्न गएको असुविधाका लागि समेत क्षमा मागेको छ।
प्रतियोगिताका लागि फाउण्डेसनले प्रदेश १,२ र वागमती प्रदेशमा छनोट प्रतियोगिता पनि सम्पन्न गरिसकेको थियो।
प्रतियोगिता चैत १८ गतेदेखि २२ गतेसम्म काठमाडौमा गर्ने तयारी थियो।
प्रतिक्रिया