ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको ३१औँ वार्षिकोत्सव

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघको ३१औँ वार्षिकोत्सव

नेपालखबर
साउन ६, २०७७ मंगलबार ११:५२,

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले ३१औँ वार्षिकोत्सव मनाएको छ। विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारण सामाजिक दूरी कायम गरी यो वर्ष सरल रुपमा वार्षिकोत्सव कार्यक्रम गरेको संघले जनाएको छ।

संघका अध्यक्ष हेमराज सुवेदी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका अध्यक्ष नारायणप्रसाद सुवेदी, संघका पूर्वअध्यक्ष वेतबहादुर लावतीले संयुक्त रुपमा संघको झण्डोत्तोलन गरेका थिए। उक्त अवसरमा रा.वा. बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा परिसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वृक्षरोपण गरे।

त्यस्तै शाखा कार्यालय दरबारमार्ग परिसरमा संघका अध्यक्ष हेमराज सुवेदी, तालिम तथा विकास विभागका प्रमुख दीपकराज न्यौपाने र दरबारमार्ग शाखाका प्रबन्धक दीनेश न्यौपानेले संयुक्त रुपमा वृक्षरोपण गरेको संघले जनाएको छ। वार्षिकोत्सवको अवसरमा प्रादेशिक कार्यालयहरुको परिसरमा समेत वृक्षरोपण गरिएको थियो भने बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा स्थित सम्पूर्ण कर्मचारीलाई मास्क वितरण गरिएको थियो।

Rabbea1

वार्षिकोत्सवको कार्यक्रममा सघंका वरिष्ठ उपाध्यक्ष रामप्रसाद जोशी, उपाध्यक्ष बद्रिप्रसाद तिमिल्सिना, महासचिव लक्ष्मीप्रसाद पाण्डेय, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल लगायत संघका कार्यकारिणी, केन्द्रीय समिति, क्षेत्रीय समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल पेसागत हक, हित र संस्थाको सम्वद्र्धन गर्ने उद्धेश्यले २०४७ श्रावण ६ गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा ठूलो र जेठो प्रतिष्ठानस्तरको ट्रेड युनियन हो। श्रावण ६ गते राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा ट्रेड युनियन आन्दोलनको विधिवत रुपमा सुरुवात भएको महत्वपूर्ण दिन हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .