खेल


केन र सनको गोलमा टोटनहमको जित

केन र सनको गोलमा टोटनहमको जित

नेपालखबर
साउन १, २०७७ बिहिबार १:५४,

ह्यारी केनको दोहोरो गोलसँगै सन ह्युङ मिनको एक गोल मद्दतमा टोटेनहमले न्युक्यासल युनाईटेडमाथि ३–१ को जित हात पारेको छ। 

बुधबार राति प्रिमियर लिगमा खेलको २७ औं मिनेटमा टोटेनहमले सनको गोलमा अग्रता बनायो। ५६ औं मिनेटमा माट रिचीले खेल बराबरीमा ल्याए।

ह्यारी केनले ६० औं मिनेटमा टोटेनहमलाई अघि बढाए भने खेलको अन्तिम मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै टोटेनहमलाई ३–१ को जित दिलाए।

दोहोरो गोलसँगै केनले क्लबस्तरीय खेलमा २ सय गोलको आकँडा पनि पार गरेका छन।

सातौं स्थानको टोटेनहमले ५५ अंक जोडेको छ। न्युक्यासल ४३ अंक सहित १३ औं स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad