यस पटकको सिजन समाप्त हुन लागेका बेला बार्साले पुरानो झझल्को दिने जर्सी नयाँ सिजनको लागि बनाएको हो।
बार्सिलोनाको ट्रेड मार्क रंग प्रयोग गर्दै जर्सीलाई पुरानो ढाँचामा निर्माण गरिएको छ।
नयाँ जर्सी सन् २०१०–२०११ को सिजनको जर्सीजस्तै देखिएको छ। गत सिजन ला लिगाको विजेता बार्सिलोना यसपटक उपविजेतामै सीमित हुने सम्भावना देखिएको छ।
? Our new first kit 20/21 ?#OnlyForCulers pic.twitter.com/HtuojoRxsg
— FC Barcelona (@FCBarcelona) July 14, 2020ला लिगामा हाल समान ३६–३६ खेल खेलका रियल मड्रिड र बार्सिलोना क्रमश ८३ र ७९ अंकसहित शीर्ष र दोस्रो स्थानमा छन्।
अब दुवै क्लबले दुई–दुई खेल मात्र खेल्न बाँकी छ। बार्साभन्दा ४ अंकले अगाडि रहेको रियल मड्रिडले यसपटक ला लिगा जित्ने सम्भावना निकै उच्च छ। एजेन्सी
सन् २०१०–२०११ को सिजनमा बार्साको जर्सी
प्रतिक्रिया