इङ्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा नर्विच सिटीमाथि १–० को जित निकाल्दै चेल्सीले तेस्रो स्थानमा रहदै यो सिजन टुंग्याउने सम्भावना बलियो बनाएको छ।
लिगमा दुई खेल बाँकी रहँदा चेल्सी ३६ खेलबाट ६३ अंकसहित तेस्रो स्थानमा छ। चेल्सीले चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्टर युनाईटेडसंग ४ अंकको अग्रता लिएको छ।
अब एक जितले मात्रै उसको च्याम्पियन्स लिगमा स्थान सुरक्षित हुनेछ।
नर्विचसँगको जितमा ओलिभर जिराउडले निर्णायक गोल गरेका थिए। पहिलो हाफको ईन्जुरी समयमा जिराउडले हेडमार्फत गोल गरेका थिए।
प्रतिक्रिया