ad ad

छापा खबर


पोलिमर नोट छपाइ : पूर्वगभर्नर रावलसहित तीन जनाले पाए सफाइ

पोलिमर नोट छपाइ : पूर्वगभर्नर रावलसहित तीन जनाले पाए सफाइ

नेपालखबर
असार ३१, २०७७ बुधबार ०:३५,

पोलिमर नोट छपाइमा अनियमितता आरोप लागेका पूर्वगभर्नर डा.तिलक रावलसहित तीन जनालाई विशेष अदालतले अभियोगबाट सफाइ दिएको छ।

अदालतले रावलसहित नेपाल राष्ट्र राष्ट्र बैङ्कका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र नोट प्रिन्टिङ अस्ट्रेलियाका स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडेलाई सफाइ दिएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

अभियोग दाबीलाई प्रमाणले समर्थन नगरेको भन्दै तीनै जनालाई अदालतले सफाइ दिएको हो।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले तीनै जनाले सफाइ पाएको बताए। न्यायाधीशहरू शिवराज अधिकारी, बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको इजलासले अख्तियारले सही रूपमा प्रमाण मूल्याङ्कन नगरेकाले शङ्काकै आधारमा दोषी ठहर गर्न नमिल्ने भन्दै सफाइ दिएको हो।

१० रुपियाँका पाँच करोड थान पोलिमर नोट छपाइमा अनियमितता भएको अभियोगमा अख्तियारले २०७५ पुस ५ गते मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .