अखिल नेपाल फुटबल संघ (एन्फा) विरुद्ध सर्वोच्च अदालतमा मानहानीको मुद्दा दर्ता भएको छ। अधिवक्ता सुजित केसीले सोमबार एन्फासहित कर्मा छिरिङ शेर्पा र प्रवक्ता किरण राईलाई विपक्षी बनाएर मुद्दा दर्ता गराएका हुन्।
सर्वोच्चले रौतहटको महिला फुटबल एकेडेमी गैरकानुनी रुपमा निर्माण गरेको भन्दै रोक्न आदेश दिएको थियो। तर एन्फाले एकेडेमी बारेमा अरु निर्णय गरेपछि अदालतको अवहेलना भएको भन्दै केसीले मुद्दा दायर गरेका हुन्।
एन्फाको बैठकले एकेडेमीको निर्माण सम्पन्न प्रमाणपत्र स्वीकृत गर्ने, ३९ लाख ५७ हजार १ सय १७ रुपैयाँ घेरा बार र गार्ड हाउस निर्माण तथा ४५ लाख ९७ हजार ७ सय १ रुपैयाँमा फ्लोरिसिङको काम ठेक्का दिने निर्णय गरेको थियो।
3
Shares

प्रतिक्रिया