ad ad

खेल


ए डिभिजनका ६ क्लबलाई काठमाडौं महानगरपालिकाले दियो ६० लाख

ए डिभिजनका ६ क्लबलाई काठमाडौं  महानगरपालिकाले दियो ६० लाख

नेपालखबर
असार २२, २०७७ सोमबार ९:७,

काठमाडौं महानगरपालिकाले ६ वटा ए डिभिजन क्लवलाई ६० लाख रुपैयाँ अनुदान सहयोग दिएको छ। महानगरपालिकाका ६ वटा ए डिभिजन क्लबलाई प्रतिक्लब १० लाख रुपैयाँ सहयोग वितरण गरिएको हो।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ए डिभिजन लिग च्याम्पियन मछिन्द्र, मनाङ मर्स्याङदी, संकटा, हिमालयन शेर्पा, न्युरोड टिम एनआरटी, सरस्वती क्लवलाई प्रतिक्लब १० लाख रुपैयाँ प्रदान गरेका हुन्।

सहयोग हस्तान्तरण गर्दै मेयर शाक्यले खेलकुद विकास तथा प्रवर्द्धनका लागि सहयोग रकम हस्तान्तरण गरेको जानकारी दिए। मेयर शाक्यले खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई सहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने नीति लिएको उनको भनाइ छ।

सहयोग हस्तान्तरण कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले डिभिजन क्लबहरुलाई आर्थिक सहयोग गर्ने ऐतिहासिक परम्पराको थालनी काठमाडौँ महानगरपालिकाले गरेपछि अहिले अन्य महानगरपालिकाले पनि त्यसलाई निरन्तरता दिएको बताए।

महानगरपालिका काठमाडौंका ए डिभिजन क्लबलाई १० लाख, बी डिभिजनलाई ३ लाख र सी डिभिजन क्लबलाई २ लाखका दरले सहयोग गर्दै आएको छ। बी र सी डिभिजन क्लबलाई आगामी वर्ष सहयोग प्रदान गर्ने महानगरले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .