खेल


रियललाई बार्सिलोनाभन्दा ४ अंकको अग्रता

रियललाई बार्सिलोनाभन्दा ४ अंकको अग्रता

नेपालखबर
असार १९, २०७७ शुक्रबार २:१,

सर्जियो रोमासले पेनाल्टीमा गोल गरेपछि रियल मड्रिडले स्पेनिस ला लिगामा गेटाफेलाई पराजित गर्दै शीर्ष स्थानमा ४ अंकको अग्रता हासिल गरेको छ। 

दोस्रो स्थानको बार्सिलोनाभन्दा रियलले ४ अंकको अग्रता हासिल गरेको हो। ७९औं मिनेटमा रोमासले पेनाल्टीमार्फत निर्णायक गोल गरेपछि रियलले गेटाफेलाई १-० ले पराजित गरेको थियो।

रियलले अब उपाधि उचाल्नका लागि आफ्ना ५ मध्ये ४ खेलमात्रै जिते पुग्ने भएको छ। सन् २०१२ पछि रियलले ला लिगाको उपाधि उचाल्न सकेको छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad