धादिङको बेनीघाट रोराङ गाउंपालिका–३ मलेखुमा राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ भएको छ।
मलेखु शाखासँगै बैंकको शाखा कार्यालयहरुको संख्या २२२ पुगेको छ। बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुगी रोजगारी श्रृजना समेत हुने बताए।
बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २२२ वटा शाखा कार्यालय, १७५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ। हाल बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको छ।
3
Shares

प्रतिक्रिया