खेल


बुन्डेस लिगाको अन्तिम चरण सकियो, लिग च्याम्पियन बायर्नको फराकिलो जित

बुन्डेस लिगाको अन्तिम चरण सकियो, लिग च्याम्पियन बायर्नको फराकिलो जित

नेपालखबर
असार १४, २०७७ आइतबार ७:४१,

बायर्न म्युनिखको फराकिलो जितसँगै जर्मन बुन्डेस लिगाको अन्तिम चरण सकिएको छ।

लिगको अन्तिम चरणको खेलसँगै च्याम्पियन्स लिग खेल्ने र रेलिगेसनमा पर्ने टोलीको टुङ्गो लागेको छ।

२ खेलअगावै लिग च्याम्पियन बनिसकेको बायर्नले वल्फ्सबर्गमाथि ४–० को जित गर्दा गर्दा लिगमा १ सय गोल पनि पूरा ग¥यो। बायर्नको जितमा किंग्सले कोमन, माइकल कुइसान्स, रोबर्ट लेवान्डोस्की र थोमस मुलरले गोल गरे।

बायर्नका लेवान्डोस्कीले एकै सिजन ३४ गोल गर्दै सर्वाधिक गोलकर्ता पनि भए। लिग चरणको अन्तिम ९ खेलमा ३४ गोल भएको छ।

वेर्डर ब्रेमेनले एफसी कोल्नमाथि ६–१ को फराकिलो जित दर्ता गर्दै प्लेअफमा स्थान बनाउन सफल बन्यो। बोरुसिया मोन्चेनग्लाडबाकले हर्था बर्लिनमाथि २–१ को जित दर्ता गर्दै चौथो स्थानमा रहेर च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ।

ग्लाडबाकले ३४ खेलमा ६५ अंकसहित सिजनको अन्त्य गर्यो। बायर लेभरकुसनले माइन्जमाथि १–० ले पराजित गर्दै ३४ खेलमा ६३ अंक जोड्दै सिजन सकाएको छ।

२ अंकले च्याम्पियन्स लिगमा छनोट हुन नसकेको लेभरकुसनले युरोपा लिग खेल्नेछ।

फोर्चुना डुसेलडर्फ युनियन बर्लिनसँग ३–० को हार बेहोर्दै दोस्रो श्रेणीमा घटुवा भएको छ। ब्रेमेनको ३४ खेलमा ३१ अंक रहँदा डुसेलडर्फले ३४ खेलमा ३० अंक जोड्न सक्यो। लिगको पुछारमा रहेको पाडेर बर्न २० अंकसहित यसअघि नै घटुवा हुने पक्का भइसकेको थियो। पाडेरबर्नले लिगको अन्तिम खेलमा आइनट्राक्ट फ्रान्कफर्टसँग ३–२ को हार बेहोर्यो।

लिगको दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले घरेलु मैदानमा होफेनहाइमसँग ४–० ले पराजित भयो। आन्द्रे क्रामारीचले ह्याट्रिकसँगै ४ गोल गरेपछि डर्टमुन्ड पराजित भएको हो।

लिग चरण्को अन्तिम खेलमा अग्स्बर्गले घरेलु मैदानमा आरबी लाइप्जिगसँग २–१ को हार बेहोर्यो। लाइप्जिगका फरवार्ड टिमो वेर्नरले क्लबका लागि करिअरमा ९५ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad