अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाइरसको संक्रमणको कारण प्रभावित फुटबल संघ र क्लवलाइ राहत वितरण गरेको छ।
एन्फाले मंगलबार कोरोना राहत कोषबाट १३ वटा फुटबल संघ र १२ क्लवलाई १८ लाख ७५ हजार रुपैयाँ वितरण गरेको जानकारी दिएको हो। राहत पाउने संघ र क्लवले एन्फाको राहत कोषबाट ७५–७५ हजार रुपैयाँ पाएका हुन्। राहत पाउन बाँकी क्लव र जिल्ला संघलाई प्रक्रिया पुरा गरेर सम्पर्क गर्न पनि एन्फाले आग्रह गरेको छ।
राहत वितरणका लागि बनाईएको समितिले सबै जिल्ला फुटबल संघ र क्लवलाई ७५ हजारका दरले वितरण गर्न तयार पारेको प्रतिवेदन अनुसार एन्फाले राहत वितरण गर्ने निर्णय गरेको थियो। एन्फाले कोरोनाबाट प्रभावित राष्ट्रिय फुटबल टोलीका ७० जना महिला तथा पुरुष खेलाडीलाई जनही १५ हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ।

प्रतिक्रिया