सर्भियाका ३३ वर्षका जोकोभिचलाई कोरोना पुष्टि भएको बीबीसीले जनाएको छ।
जोकोभिच हालका शीर्ष वरियताका टेनिस खेलाडी हुन्।
ग्रिगोर दिमित्रोभ, बोर्नो कोरिक र भिक्टर ट्रोइकीलाई कोरोना भाइरस पुष्टि भएपछि जोकोभिचमा पनि कोरोना देखिएको हो।
हालै उनीहरुले जोकोभिचले आयोजना गरेको आड्रिया टुर कम्पिटिसनमा भाग लिएका थिए। केही खेलाडीले कोरोना संक्रमण हुनुमा जोकोभिच दोषी भएको आरोप लगाएका छन्।
केहीले भने जोकोभिचको बचाउ गरेका छन्।
प्रतिक्रिया