खेल


ह्याजार्डले पाएनन् जर्सी नं १०, २३ किन रोजे?

ह्याजार्डले पाएनन् जर्सी नं १०, २३ किन रोजे?

नेपालखबर
असार २९, २०७६ आइतबार १०:२१,

राम्रो मूल्यमा मड्रिडले ह्याजार्डलाई अनुबन्ध गर्यो। यस ट्रान्सफरलाई प्रतिष्ठित मानिएको थियो। सोही कारण ह्याजार्डले मड्रिडमा जर्सी नं १० नै पाउने अनुमान गरिएको थियो।

यद्यपी ह्याजार्डले मड्रिडमा जर्सी नं १० पाएनन्। त्यो जर्सी नं लुका मोड्रेचको हो।

ह्याजार्डले जर्सी नं १० लगाउन नपाएपछि उनले जर्सी नं २३ छानेका छन्। मड्रिडमा जर्सी नं २३ पहिले डेभिड ब्याक्हमले पनि लगाएका थिए।

तर ह्याजार्डले जर्सी नं २३ छान्नुको अर्कै कारण छ। मार्काका अनुसार ह्याजार्डले जर्सी नं २३ छान्नुको कारण त्यो जर्सी नंबर बास्केटबल च्याम्पियन माइकल जोर्डनको हो। माइकल जोर्डन बास्केटबल इतिहासकै उत्कृष्ट खेलाडी मानिन्छन्।

यस्तै यो जर्सी नंबर लिब्रोन जेम्सको पनि हो। उनी पनि उत्कृष्ट बास्केटबल खेलाडी हुन्। ह्याजार्डले जर्सी नं १० लगाउन नपाउने भएपछि उनले जर्सी नं ७ लगाउने अनुमान गरिएको थियो।

अहिले यो जर्सी मारियानो डियाजले लगाइरहेका छन्। पहिलो रोनाल्डोले लगाएको उक्त जर्सी नंबरको विरासत डियाजले कायम गर्न नसकेको भनाइहरु आइरहेका बेला ह्याजार्डले यो जर्सी लगाउने अनुमान थियो।

तर अब ह्याजार्डले जर्सी नंबर २३ लगाउने निश्चित भइसकेको छ। ह्याजार्ड २३ नंबरको जर्सी लगाएर जोर्डन र लेब्रोन जेम्सजस्तै स्टार बन्न चाहन्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad