कारोबार


सेयरबजारमा २८ करोडको मात्रै कारोबार

सेयरबजारमा २८ करोडको मात्रै कारोबार

नेपालखबर
असार २९, २०७६ आइतबार १०:१६,

साताको पहिलो कारोबार दिन आज सेयरबजार शून्य दशमलव ९५ अंकले हरियो देखिएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि शून्य दशमलव २४ अंकले हरियो छ।

नेप्से १२४९.४९ अंकमा रहे पनि कारोबार रकम २८ करोड ५२ लाखमा झरेको छ। आज कुल १ सय ६१ कम्पनीको कारोबार भएकोमा १० लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। दिनभरिमा आज ४ हजार ९ सय २१ पटक खरिदबिक्री भएको थियो।

आज वाणिज्य बैंक, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको कारोबार सूचक घट्दा आज होटल, विकास बैंक, ऊर्जा, अन्य, जीवन बीमा र म्युचुअल फन्डको कारोबार सूचक बढेको छ। आज सबैभन्दा बढी जीवन बीमाको ३२.५२ अंकले बढेको छ।

आज सेयर बिक्रीका हिसाबले सबैभन्दा बढी सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको २ करोड ५३ लाखको प्रतिकित्ता मूल्य २ हजार ४ सय ३५ रुपैयाँमा भएको छ। त्यस्तै मेगा बैंक लिमिटेड प्रोमोटर सेयरको २ करोड १८ लाखको, नेपाल बैंक लिमिटेडको २ करोड १७ लाखको, नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ६७ लाखको सेयर किनबेच भएको छ।

आज सबैभन्दा बढी कमाउने लगानीकर्ता भने महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका छन्। कम्पनीका सेयरधनीले ९.९० प्रतिशत अर्थात् प्रतिकित्ता ८७ रुपैयाँ कमाएका छन्। त्यस्तै नबिल इक्विटी फन्डको सेयरधनीले ७.३८ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडका सेयरधनीले ५.८८ प्रतिशत कमाएका छन्।

त्यस्तै गुमाउने कम्पनीमा भने आज मल्टिपर्पोस फाइनान्स कम्पनी लिमिटेड अगाडि छ। कम्पनीका सेयरधनीले ८.२७ प्रतिशत गुमाएका छन्। त्यस्तै अरुण काबेली पावर लिमिटेडका सेयरधनीले ६.२५ प्रतिशत, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले ३.७५ प्रतिशत, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीले ३.२० प्रतिशत गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad