१३ पटकको विजेता यूभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ।
शुक्रबार राति भएको खेलमा स्टार स्ट्राइकर रोनाल्डो पेनाल्टीमा गोल गर्न असफल रहेपनि यूभेन्ट्सले अवे गोलका आधारमा फाइनलमा स्थान बनाएको हो।
शुक्रबार राति भएको सेमिफाइनलको दोस्रोमा भने यूभेन्ट्स एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएको थियो। फेब्रुअरी १३ मा भएको पहिलो लेगमा दुबै टोली १-१ को बराबरीमा रोकिएका थिए।
कोरोना कहरका कारण रोकिएको दोस्रो लेग शुक्रबार राति सम्पन्न भएको हो। यूभेन्ट्सको मैदान टुरिनमा दर्शकबिना भएको खेलमा क्रिस्टियानो रोनाल्डो पेनाल्टीमा चुकेका थिए।
मिलानका एन्टि रेबिकले ह्यान्डबल गरेपछि यूभेन्टसले १६औं मिनेटमा पेनाल्टी पाएको थियो। तर रोनाल्डो सफल हुन सकेनन। बाँकी समय मिलान १० खेलाडीमा सीमित रहेपनि यूभेन्ट्सले गोल गर्न सकेन।
Shares

प्रतिक्रिया