खेल


नयाँ विश्व च्याम्पियन : इंगल्यान्ड कि न्युजिल्यान्ड?

नयाँ विश्व च्याम्पियन : इंगल्यान्ड कि न्युजिल्यान्ड?

एजेन्सी
असार २८, २०७६ शनिबार १२:३८,

इंगल्यान्ड२७ वर्षपछि फाइनलमा पुगेको हो। उसको यो चौथो फाइनल हो। यसअघि तीनपटक फाइनल खेलेपछि इंगल्यान्डले उपाधि भने जित्न सकेको थिएन्। यसपटक आयोजकका नाताले उसलाई उपाधि दाबेदार मानिएको छ। सेमिफाइनलमा साविकको विजेता अस्ट्रेलियामाथि ८ विकेटको सानदार जित निकाल्दै इंगल्यान्ड फाइनलमा पुगेको हो।

न्युजिल्यान्डले उपाधिको मुख्य दाबेदार मानिएको भारतलाई रोमाञ्चक पहिलो सेमिफाइनलमा १८ रनले पराजित गर्दै दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। यसअघि २०१५ को विश्वकपमा छिमेकी देश अष्ट्रेलियासँग पराजित हुँदै न्युजिल्यान्ड उपाधिबाट टाढिएको थियो।

विश्वकपमा न्यूजिल्याण्ड र भारत अहिलेसम्म ९ खेलमा भिडेका छन्। जसमा ५ खेल न्यूजिल्याण्डले र ४ खेल इंग्ल्याण्डले जितेको छ।

विश्वकपमा हालसम्म इंग्ल्याण्ड र न्यूजिल्याण्ड

लर्डस मैदानमा पाँचौपटक विश्वकपको फाइनल हुन लागेको हो। तर, इंग्ल्याण्ड र न्यूजिल्याण्ड पहिलोपटक विश्वकपको फाइनलमा आमने सामने हुँदैछन्।

लर्डस मैदानमा अहिलेसम्म इंग्ल्याण्डले न्यूजिल्याण्डलाई पराजित गर्न सकेको छैन्। लर्डस मैदानमा अहिलेसम्म यी दुई टोलीहरु दुई पटक भिडेका छन् र दुबैपटक घरेलु टोली इंग्ल्याण्डलाई न्यूजिल्याण्डले स्तब्ध पारेको छ।

इयोन मोर्गनको कप्तानीमा रहेको इंग्ल्याण्ड लिग चरणमा श्रीलंका र अष्ट्रेलियालाई पराजित गरेपछि पूरै परिवर्तन भयो। इंग्ल्याण्डका सुरुका तीन ब्याट्सम्यानहरु अहिलेसम्म म्याच विजेताका रुपमा देखिएका छन्। शीर्ष तीन ब्याट्सम्यानले टिमका लागि १४७१ रन बनाएका छन्।

अनुभवी जोव रुट शानदार लयमा छन्। उनले यस विश्वकपमा ५४९ रन प्रहार गरिसकेका छन्। एकदिवसीय अन्तर्राष्ट्रियमा न्यूजिल्याण्डविरुद्ध रुटले ९२५ रन बनाएका छन्।

तीव्र गतिका बलर क्रिस वोक्स र जोफ्रा आर्चरले इंग्ल्याण्डको बलिङको नेतृत्व गरेका छन्। आयोजकका नाताले घरेलु भुमीको फाइदा समेत इंग्ल्याण्डलाई छ।

तर, न्यूजिल्याण्डले भारतलाई हराउँदे अनिश्चितताको यस खेलमा जे पनि हुन सक्ने देखाइसकेको छ। ओपनर जोडी निरन्तर फ्लप हुँदा न्यूजिल्याण्डको जिम्मेवारी कप्तान केन विलियम्सन र रोज टेलरले उठाउँदै आएका छन्।

विलियम्सनले ९ खेलमा अहिलेसम्म ५४८ रन बनाइसकेका छन्। टेलरले यति नै खेलमा ३३५ रन बनाएका छन्। अघिल्लो विश्वकपमा सर्वाधिक रन बनाउँने खेलाडी मार्टिन गुप्टिलले भने न्यूजिल्याण्डलाई यसपटक निराश बनाएका छन्।
गुप्टिल आफ्नो खराब लयबाट निस्कदै फाइनलमा यादगार पारी खेल्न आवश्यक छ। ताकि उनको टोलीले पहिलोपटक विश्वकप जित्न सकोस्।

न्यूजिल्याण्डको बलिङ मजबुद देखिएको छ। लक्की फर्गुन्सन(१८विकेट) र म्याट हेनरी(१३)सँगै ट्रेन्ट बोल्ट(१७ विकेट) सानदार बलिङ गरिरहेका छन्।

पछिल्लो लय, लिग चरणको प्रदर्शन र घरेलु मैदान हुनुका कारणले फाइनलमा इंग्ल्याण्डको पल्ला भारी देखिन्छ तर ठूलो खेलमा एकजुट भएर खेल्ने न्यूजिल्याण्डलाई हल्का रुपमा लिनु भुल हुन्छ। त्यसैकारण इंग्ल्याण्डलाई फाइनलमा न्यूजिल्याण्डले कडा टक्कर दिने निश्चित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .