खेल


जर्मन बुन्डेस लिगा फुटबलले ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानलाई समर्थन जनायो

जर्मन बुन्डेस लिगा फुटबलले ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियानलाई समर्थन जनायो

नेपालखबर
जेठ २५, २०७७ आइतबार ५:३९,

अमेरिकामा अश्वेत नागरिक जोर्ज फ्लोइडलाई श्वेत प्रहरीले हथकडी लगाएकै समयमा घुँडाले घाँटीमा झन्डै ९ मिनेट थिचेपछि फ्लोइडको मृत्यु भएको थियो।

सो घटनापछि अमेरिकामा रंगभेदविरुद्धको आन्दोलन चर्किएको छ। विश्वभरका मानिसहरुले ‘अश्वेतको जीवनले अर्थ राख्छ’ भन्ने नारा लगाउन थालेका छन्।

यसबीचमा ‘ब्ल्याक लाइभ्स म्याटर’ अभियान पनि विश्वव्यापी बनेको छ। शनिबार बुन्डेस लिगाको खेल हुने क्रममा बुन्डेस लिगा खेल्ने क्लबहरुले रंगभेदविरुद्ध आवाज उठाउन सन्देशमूलक टिसर्ट लगाएका थिए।

शनिबार रातिको खेल अगाडि बोरुसिया डर्टमुन्ड र हेर्था बर्लिन क्लबले सिग्नल इदुना पार्क स्टेडियममा घुँडा टेकेर रंगभेदविरुद्ध आवाज उठाए।

Bundesliga » News » Dortmund 'fully support' Black Lives Matter

उनीहरुले लगाएको टिसर्टमा ‘जोर्जले न्याय पाउनुपर्छ, सबै एकजुट हौं’ लेखिएको थियो। यस्तै बार्यन म्युनिखका खेलाडीहरुले ‘रेड एगेन्स्ट रेसिजम’ लेखिएको टिसर्ट लगाएका थिए।

बुन्डेस लिगाका पदाधिकारीहरुले ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखिएको आर्म ब्यान्ड लगाएका थिए। बीबीसी

यो पनि: ‘हथकडी लगाइएका फ्लोएडले सास फेर्न गाह्रो भो भनेका थिए, प्रहरीले घाँटी थिचिरहे’

Black lives matter in Bundesliga, Bayern Munich keeps winning ...

Bundesliga » News » Bayern show support for Black Lives Matter ...

The Bundesliga joins in support of the “Black Lives Matter ...

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad