समाज


पीसीआर प्रयोगशाला सरकारलाई हस्तान्तरण गर्न चितवन मेडिकल कलेज तयार

पीसीआर प्रयोगशाला सरकारलाई हस्तान्तरण गर्न चितवन मेडिकल कलेज तयार

नेपालखबर
जेठ २५, २०७७ आइतबार ६:०,

चितवन मेडिकल कलेजले सञ्चालन तयारी अवस्थामा रहेको आफ्नो पीसीआर परीक्षण प्रयोगशाला सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जनाएको छ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले कोरोना भाइरसको जोखिम हुन नदिन परीक्षणका लागि जनशक्ति सहित प्रयोगशाला तयारी अवस्थामा रहेको हुँदा सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जानकारी दिए। उनले यससम्बन्धी पत्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पठाएको बताए।

उनका अनुसार कलेजमा प्रयोगशाला सञ्चालनका लागि सात अनुभवी जनशक्ति रहेका छन्। ती जनशक्तिले भरतपुर कोभिड–१९ प्रयोगशालामा समेत शुरुआतीचरणमा काम गरेका थिए्। अहिले पनि कलेजकै दुई जनशक्ति प्रयोगशालामा कार्यरत रहेका छन्।

कलेजले अनुमति पाएमा परीक्षण गर्न सक्ने भए पनि सरकारी तवरबाटै प्रयोगशाला सञ्चालन गर्न उपयुक्त हुने आफ्नो सुझाव रहेको उनले बताए। यस प्रयोगशालामा दैनिक २०० भन्दा बढी नमूनाको परीक्षण गर्न सकिने उनको भनाइ छ। त्यहाँ लाग्ने खर्च सरकारी तवरबाट गरेर काम गरेमा अहिले पालो कुरेर राखिएका नमूनाको समयमा परीक्षण गर्न सकिने देखिएको छ। भरतपुर कोभिड–१९ प्रयोगशाला स्थापनामा उनी सक्रिय भूमिका रहेको थियो।

उनले तत्कालीन समयमा पनि मेडिकल कलेजमा प्रयोगशालाका लागि ठाउँ दिन तयार रहेका जनाएका थिए।

हाल भरतपुर अस्पतालले सञ्चालन गरेको प्रयोगशालामा चितवन, मकवानपुर, नवलपुर र कपिलवस्तुका नमूना परीक्षण भइरहेको छ। यस मेडिकल कलेजले निजी क्षेत्रबाट कोभिड–१९ नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। कोभिड क्लिनिकमा दैनिक पाँच/छ बिरामी हेर्दै आएको जनाएको छ। यहाँ सञ्चालनमा आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा २० शय्यालगायतका उपकरण र जनशक्ति चितवन मेडिकल कलेजले सहयोग गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad