सुचारु खेलमा रियल बेटिस र सेभियाबीच प्रतिस्पर्धा हुने बीबीसीले जनाएको छ। कोरोना भाइरसको प्रकोपबीच ला लिगा गत मार्च १२ देखि स्थगित थियो।
हाल कोरोनाको प्रभाव घट्न थालेपछि विश्वभरका खेलकुद प्रतियोगिता सुचारु हुँदैछन्।
ला लिगामा हालसम्म ३८ मध्ये २७ खेलहरु सम्पन्न भइसकेको छ। हालसम्मको तथ्यांकअनुसार बार्सिलोना ५८ अंकसहित लिगको शीर्ष स्थानमा छ।
५६ अंक भएको रियल मड्रिड दोस्रो स्थानमा छ भने ४७ अंक भएको सेभिया लिगको तेस्रो स्थानमा छ।
यसैबीच ला लिगाको नयाँ सिजन आगामी सेप्टेम्बर महिनाबाट सन्चालन हुनेछ। एजेन्सी
प्रतिक्रिया