कपिलवस्तुमा शनिबारमात्रै कोभिड १९ भाइरसका थप ७७ जना संक्रमित भेटिएका छन।
योसँगै जिल्लामा जम्मा संक्रमितको संख्या २६५ पुगेको छ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शनिबार महाराजगन्ज नगरपालिकाका १६ देखि ४५ वर्ष सम्मका ३३ जना पुरुषहरु, कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुषहरु तथा यशोधरा गाउँपालिकाका १६ देखी ४८ बर्षसम्मका पुरुष २६ र २५, १९ बर्षका २ जना महिलामा संक्रमण देखिएको हो।
जिल्लामा संक्रमितमध्ये १५ जना निको भइसकेका छन्।
3
Shares
प्रतिक्रिया