हङकङ : फुटपाथमा चढ्यो मिनीबस, १ पैदलयात्रुको मृत्यु, २ गम्भीर घाइते

हङकङ : फुटपाथमा चढ्यो मिनीबस, १ पैदलयात्रुको मृत्यु, २ गम्भीर घाइते

मिनीबस काउलुन सिटी कोर्ट नजिकैको फुटपाथमा चढेको थियो (फेसबुक/एडी पीटी)


नेपालखबर
असार १४, २०८३ आइतबार १८:३८, हङकङ

आइतबार हङकङको काउलुनमा मिनीबस फुटपाथमा ठोक्किँदा एक पैदल यात्रीको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

प्रहरीलाई उद्धृत गर्दै स्थानीय मिडियामा उल्लेख भएअनुसार साँझ पौने ६ बजेतिर आर्गाइल स्ट्रिटमा गुडिरहेको एउटा मिनीबस काउलुन सिटी कोर्ट बाहिर फुटपाथमा ठोक्किँदा तीन पैदल यात्री, १३ जना यात्रु र चालक घाइते भए। जसमध्ये १ पैदलयात्रुको मृत्यु भएको हो।

मङककबाट चेसावान जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका तीन जना पैदल यात्रुमध्ये ४४ वर्षीयको मृत्यु भएको हो। घाइतेहरूलाई याउमा तेईस्थित क्वाङवाह अस्पताल लगिएको थियो। जहाँ करिब साढे ७ बजे एक जनालाई मृत घोषित गरियो।

एक घाइतेलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्ट लेख्छ, ‘एक घाइतेले भने- बस सिधा गइरहेको थियो, सडकको बीचमा एक क्षण रोकियो र त्यसपछि पाङ्ग्राले गति लियो अनि उड्यो।’

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .