साविक विजेता अष्ट्रेलियामाथि ८ विकेटको सानदार जितसहित इंग्ल्याण्ड २७ वर्षपछि क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ।
आयोजक इंग्ल्याण्डले अब पहिलो पटक विश्वकप जित्ने लक्ष्यसहित आइतबार लर्डस मैदानमा न्यूजिल्याण्डको सामना गर्नेछ।
टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाको ७ ओभरमा १४ रनको स्कोरमा ३ विकेट लिदैँ इंग्ल्याण्ड खेलमा हावी भएको थियो।
तर स्टिभ स्मिथले ८५ रनको पारी खेलेपछि अष्ट्रेलियाले २२३ रन बनायो। जवाफमा पहिलो विकेटका लागि जोसन रोय र जोनी बरिष्ट्रोले १२४ रनको साझेदारी गरेपछि ३२.१ ओभरमा २ विकेट गुमाएर इंग्ल्याण्डले लक्ष्य भेट्टायो।
रोयले आक्रामक ब्याटिङ गर्दै ६५ बलमा ९ चौका र ५ छक्कासहित ८५ रन बनाए। इयोन मोर्गन ४५ र जोव रुट ४९ रनमा नटआउँट रहँदै खेल इंग्ल्याण्डको पक्षमा पारे।
समूह चरणमा अष्ट्रेलियासँग पराजित हुँदै बाहिरिने खतरामा पुगेको इंग्ल्याण्डले दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई नै पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

प्रतिक्रिया