खेल


आईपीएलको दोस्रो क्वालिफायर आज, गुजरात र राजस्थान भिड्दै

आईपीएलको दोस्रो क्वालिफायर आज, गुजरात र राजस्थान भिड्दै

नेपालखबर
जेठ १५, २०८३ शुक्रबार ९:४, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो क्वालिफायरमा आज शुक्रबार गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दै छन्।

न्यु चन्डीगढस्थित महाराजा यादाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने खेल राति पौने ८ बजे सुरु हुनेछ।

यो खेलको विजेताले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग प्रतिस्पर्धा गर्नेछ।

पहिलो क्वालिफायर खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग ९२ रनले पराजित हुँदै गुजरातले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो। 

यता राजस्थानले भने एलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै गुजरातसँगको भेट पक्का गरेको हो। 

राजस्थानका मुख्य हतियार भनेका युवा स्टार वैभव सूर्यवंशी हुन्। एलिमिनेटर खेलमा आक्रामक प्रदर्शन गरेका उनी जारी आईपीएलमा उच्च लयमा छन्। वैभवसँगै ध्रुव जुरेल लयमा छन्। बलिङमा जोफ्रा आर्चर र ब्रिजेश शर्माको भरोसामा टोली छ। 

गुजरातका लागि साइ सुदर्शन र शुभमन गिलले उच्च प्रदर्शन गरिरहेका छन्। बलिङतर्फ कागिसो रवाडा र जेसन होल्डरको साथमा गुजरात फाइनल पुग्ने लक्ष्यमा छ। 

लिग चरणमा भएको दुई भेटमा एक खेल राजस्थानले ६ रनले आफ्नो पक्षमा पारेको थियो। अर्को खेलमा गुजरातले ७७ रनले राजस्थानलाई हराएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad