फिफा विश्वकप २०२६ को मिति नजिकिँदै जाँदा आयोजक अमेरिकाले २६ सदस्यीय अन्तिम टोलीको घोषणा गरेको छ।
अमेरिकासहित मेक्सिको र क्यानडामा हुने विश्वकपका लागि सहभागी ४८ देशले टोली घोषणा गरिरहेका छन्।
अमेरिकी टोलीका मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोले विश्वकपका लागि २६ सदस्यीय टोलीको घोषणा गरेका हुन्।
टोली घोषणा गर्दै उनले भने, ‘विश्वकपका लागि टोली छनोन गर्नु धेरै कठिन निर्णय हो।’
यद्यपि छनोट यात्रामा सहभागी हुने सबै खेलाडीलाई उनले धन्यवाद दिएका छन्। सहभागी खेलाडीहरुले विश्वकपमा समर्थक र देशलाई गर्व महसुस हुने खेल तयारी गर्न सबैथोक दिएर तयारी गरिरहेका छन्।
अमेरिकाले जुन १२ मा लस एन्जलसमा पाराग्वेसँग खेल्दै विश्वकपको यात्रा सुरु गर्दैछ। १९ जुनमा अष्टे«लिया र २५ मा टर्कीविरुद्ध खेल्ने तालिका छ।
यस्तो छ अमेरिकाको टोली
गोलरक्षकः क्रिस ब्राडी, म्याट फ्रीस, म्याट टर्नर
डिफेन्डरः म्याक्स आर्फस्टेन,सर्जिनो डेस्ट, एलेक्स फ्रीम्यान, मार्क म्याकेन्जी, टिम रीम, क्रिस रिचड्र्स, एन्टोनी रोबिन्सन, माइल्स रोबिन्सन, जो स्केली, अस्टन ट्रस्टी
मिडफिल्डरः टायलर एडम्स, सेबास्टियन बर्हाल्टर,वेस्टन म्याकेनी, क्रिस्टियन रोल्डन, ब्रेन्डेन आरोनसन, क्रिश्चियन पुलिसिक, जियो रेना, मलिक टिलम्यान, टिमोथी वेह, एलेजान्ड्रो जेन्डेजास
फरवार्डः फोलारिन बालोगुन, रिकार्डो पेपी, हाजी राइट
Shares

प्रतिक्रिया