खेल


दर्शक नआएपछि क्यानले घटायो लिग-२ को टिकट मूल्य

दर्शक नआएपछि क्यानले घटायो लिग-२ को टिकट मूल्य

नेपालखबर
बैशाख २१, २०८३ सोमबार १७:२४, काठमाडौँ

अहिले घरेलु मैदानमा आईसीसी विश्वकप लिग-२ अन्तर्गत ओमान र यूएई सम्मिलित त्रिकोणात्मक सिरिज चलिरहेको छ। सिरिजको अन्तिम खेलमा नेपालले मंगलबार यूएईविरुद्ध खेल्दै छ। खेल बिहान साढे ९ बजे सुरु हुनेछ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट जडानपछि अहिले अन्तर्राष्ट्रिय एक दिवसीय सिरिज भएको हो। घरेलु मैदानमा लिग-२ को सिरिज चलिरहँदा त्रिवि क्रिकेट मैदानमा अपेक्षाकृत दर्शक पुग्न सकेका छैनन्। त्रिवि मैदानमा जडान भएका प्यारापिट खाली देखिन्छन्। 

दर्शकलाई मैदानसम्म तान्न नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले टिकट मूल्य घटाएको छ। क्यानले अन्तिम दिनको खेलका लागि दुई सय रुपैयाँ टिकट दर तोकेको छ। यसअघि क्यानले यूएईसँगको दुई खेलको टी-२० सिरिजका लागि ७५० रुपैयाँ मूल्य तोकेको थियो। 

लिग-२ का लागि भने चार सय रुपैयाँ तोकेको थियो। दर्शक नआएपछि क्यानले टिकट दर घटाएको हो। 

टी-२० र लिग-२ का खेल हेर्न दर्शक नपुगेपछि राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी र बलर सोमपाल कामीले दर्शकलाई मैदानसम्म आएर खेल हेरिदिन आग्रह समेत गरेका थिए। 

अहिलेसम्म सिरिजका तीन खेल खेल्दा नेपालले दुई खेलमा जित र एक खेलमा हार भोगेको छ। नेपालले पहिलो खेलमा यूएईमाथि डीएलएस मेथडमा ६ रनको जित निकालेको थियो।

दोस्रो खेलमा यूएईलाई ३७ रनले हराएको थियो। ओमानसँगको पहिलो खेलमा भने डीएल मेथडमा नेपाल १०२ रनले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad