खेल


बुद्धिचालका छनोट प्रतियोगिता जेठ पहिलो साता

बुद्धिचालका छनोट प्रतियोगिता जेठ पहिलो साता

नेपालखबर
बैशाख ७, २०८३ सोमबार १२:५५, काठमाडौँ

नेपाल बुद्धिचाल महासंघले आगामी जेठ पहिलो साता २७औँ खुल्ला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा ११औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको लागि नेशनल ‘बी’ छनोट प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ। 

सोमबार महासंघका अध्यक्ष हिराकाजी महर्जनको अध्यक्षतामा बसेको पूर्ण बैठकले राष्ट्रिय प्रतियोगिताबारे निर्णय गरको हो। बैठकले आगामी जेठ ४ देखि ८ गतेसम्म झापाको बिर्तामोडमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ। 

राष्ट्रिय ‘बी’ छनोट प्रतियोगिता आयोजना गर्न स्थानीय व्यवस्थापनको जिम्मेवारी काँकडभिट्टास्थित नाइट चेस क्लबलाई दिएको छ। छनोट प्रतियोगिताबाट पुरुष तथा महिला दुवैतर्फ गरि समान नौ जना खेलाडी राष्ट्रिय ‘ए’ को लागि छनोट हुनेछन्। 

यस्तै बैठकले वैशाख १६ देखि १८ गतेसम्म नेशनल र्‍यापिड तथा ब्लिट्ज चेस च्याम्पियनसिप गर्ने निर्णयसँगै प्रतियोगिताको स्थानीय व्यवस्थापनको जिम्मेवारी काठमाडौँस्थित क्षेत्रपाटी क्लबलाई दिएको छ। 

राष्ट्रिय ‘ए’ पुरुष तथा महिलाको राष्ट्रिय प्रतियोगिता जेठ २९ देखि असार ४ गतेसम्म कास्कीमा सञ्चालन हुनेछ। राष्ट्रिय प्रतियोगिताबाट समान चार–चार जना खेलाडी उज्बेकिस्तानमा हुने ४७औँ चेस ओलम्पियाडका लागि छनोट हुनेछन्। 

वार्षिक रुपमा नियमित आयोजना हुँदै आएका सात विधागत राष्ट्रिय प्रतियोगितामध्ये जेठ १० देखि १२ गतेसम्म ललितपुरमा नेशनल जुनियर चेस च्याम्पियनसिपको समेत आयोजना गर्ने निर्णय गरेको प्रवक्ता राजु ताम्राकारले जानकारी दिए। 

महासंघले आफ्नो विधान अन्तर्गत नियमित साधारणसभा मधेस प्रदेशको धनुषास्थित जनकपुरधाममा गर्ने निर्णय गरेको छ। साधारणसभाका लागि महासंघका २० जिल्ला अधिवेशन गरिसकेका छन्। महासंघमा रहेका ५५ जिल्ला संघमध्ये अधिवेशन हुन नसकेका जिल्लाको हकमा चेस खेलको गतिविधि भए नभएको सक्रियता अनुगमन गरि मूल्यांकनका आधारमा जिल्ला बुद्धिचाल संघ तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ।

अनुगमन उपसमितिमा अध्यक्ष हेराकाजी महर्जन संयोजक, वरिष्ठ उपाध्यक्ष दिपेन राई, उपाध्यक्ष माधवप्रसाद प्रधान, महासचिव धरमबहादुर लामा र खेलाडी रुपेश जैसवाल सदस्य रहने गरि उपसमिति गठन गरेको छ। यस उपसमितिले एक हप्ताभित्र रिपोर्ट तयार गरि वैशाख १२ गते बस्ने कार्य समितिको बैठकमा जिल्लाहरुको तदर्थ समिति गठनको लागि प्रतिवेदन पेश गर्नेछन्। 

महासंघले आगामी नेशनल र्‍यापिड र ब्लिट्ज चेसको प्रमुख निर्णायकमा एफए सोराज ताम्राकार तथा नेशनल ‘बी’ चेसको प्रमुख निर्णायकमा एफए भूपेन्द्र निरौलालाई जिम्मेवारी प्रदान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad