खेल


विपिनले पाँच विकेट लिएपछि गण्डकीको सानदार जित

विपिनले पाँच विकेट लिएपछि गण्डकीको सानदार जित

नेपालखबर
बैशाख १, २०८३ मंगलबार १२:५४, काठमाडौँ

विपिन खत्रीको घातक बलिङमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितमा कर्णाली प्रदेशमाथि सानदार जित हात पारेको छ। 

मंगलबार भएको खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशमाथि नौ विकेटको फराकिलो जित दर्ता गरेको हो। गण्डकीको जितसँगै शीर्ष ६ मा रहने सम्भावना जिवित राखेको छ। यद्यपी अर्को खेलको नतिजामा समेत भर पर्नुपर्नेछ। 

नौ खेलमध्ये समान चार खेलमा जित र हार तथा एक खेलमा अंक बाँडेको गण्डकी नौ अंकसहित तालिकाको छैटौँ स्थानमा छ। एक खेलमा जित, सात खेलमा हार र एक खेलमा अंक बाँडेको कर्णाली तीन अंकसहित तालिकाको नवौँ स्थानमा छ। 

नौ खेलबाट एक अंक बनाएको कोसी प्रदेश तालिकाको पुछारमा रहेको छ। योसँगै कर्णाली र कोसी प्रदेश शीर्ष ६ को दौडबाट बाहिरिएका छन्। 

कर्णालीले दिएको ७३ रनको सामान्य लक्ष्य गण्डकीले १३ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो। गण्डकीका लागि सिवरिन श्रेष्ठ ४० र दिपक डुम्रे २२ रनमा अविजित रहे। अर्जुन कुमाल ६ रनमा क्याच आउट भए। 

त्यसअघि विरगञ्जको नारायणी क्रिकेट मैदानमा गण्डकीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णाली २५.२ ओभरमा ७२ रन बनाउँदा अलआउट भयो। कर्णालीका प्रकाश जैसीले बनाएको १५ रन नै सर्वाधिक रह्यो।

कप्तान दिवान पुन १४ रनमा क्याच आउट भए। अर्जुन घर्तीले १३ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

कर्णालीलाई सस्तैमा रोक्न विपिन खत्रीले पाँच विकेट लिए। घातक बलिङ गरेका विपिनले आफ्नो स्पेलमा चार मेडन राख्दै मात्र १८ रन दिए। अपराजित पौडेलले तीन तथा सुवास भण्डारी र कमल परियारले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad