राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप २०२६ अन्तर्गत पुरुषतर्फ एपीएफ क्लब र महिलातर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको फाइनलमा महिलातर्फ आर्मीले एपीएफलाई २२–१२ ले पराजित गर्दै उपाधि उचालेको हो।
कर्णाली प्रदेशलाई ५–० ले पराजित गर्दै बागमती तेस्रो बन्यो।
पुरुषतर्फको उपाधि भने एपीएफले जितेको छ। आर्मीलाई १०–५ को जित निकाल्दै एपीएफ च्याम्पियन बन्यो। गण्डकीले कर्णाली प्रदेशलाई १२–७ ले हरायो।
च्याम्पियन आर्मी र एपीएफले समान ५० हजार रुपैयाँ हात पारेका छन्। उपविजेता टोलीले ३० हजार रुपैयाँ प्राप्त गरे। व्यक्तिगत विधा अन्तर्गत पुरुषतर्फ एपीएफका रोहन ढंगोल उत्कृष्ट खेलाडी बन्दै ट्रफीसहित ५ हजार रुपैयाँ प्राप्त गरे।
महिलातर्फ आर्मीकी कुमारी श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुँदै ५ हजार रुपैयाँ र ट्रफी हात पारिन्।
सेमिफाइनलमा पुरुषतर्फ आर्मीले कोशी प्रदेशलाई ४१–५ को फराकिलो अन्तरले हराएको थियो भने एपीएफले गण्डकी प्रदेशलाई २४–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।
महिलातर्फ एपीएफले बागमती प्रदेशलाई र आर्मीले कर्णाली प्रदेशलाई हराउँदै उपाधि भिडन्त तय गरेका थिए।
नेपाल रग्बी संघको आयोजनामा भएको प्रतियोगितामा महिला र पुरुष गरी कुल १४ टोलीको सहभागिता रहेको थियो।
Shares

प्रतिक्रिया