खेल


कराते खेलाडी एरिकाले चीनमा जितिन् रजत पदक

कराते खेलाडी एरिकाले चीनमा जितिन् रजत पदक

नेपालखबर
चैत २९, २०८२ आइतबार १७:५०, काठमाडौँ

कराते स्टार एरिका गुरुङले कराते वान प्रिमियर लिग २०२६ मा रजत पदक जितेकी छिन्। 

चीनको लेसानमा आइतबार महिला ६८ केजी तौल समूहको फाइनलमा कजाकस्तानकी सोफिया बेर्लुत्सेभासँग २–१ ले पराजित भएपछि एरिका रजत पदकमा सीमित बनेकी हुन्।

शनिबार भएको सेमिफाइन्लमा एरिकाले इटलीकी फेराकुटी क्लियोलाई ८–३ ले हराउँदै फाइनलमा स्थान पक्का गरकी थिइन्।

क्वार्टरफाइनलमा स्लोभेनियाकी जिब्रेत जालालाई ८–० ले हराउँदै सेमिफाइनलमा पुगेकी थिइन्। समूह चरणको तीन खेल जित्दै एरिकाले क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन्।

एरिकाले यसअघि इस्तानबुलमा भएको प्रिमियर लिग वान मा पनि सोफियासँग नै पराजित हुँदै रजत पदकमा सिमित बनेकी थिइन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad