खेल


बागमतीको चौथो जित, मधेसको फाइनल यात्रामा धक्का

बागमतीको चौथो जित, मधेसको फाइनल यात्रामा धक्का

नेपालखबर
चैत २७, २०८२ शुक्रबार १७:४०, काठमाडौँ

मधेस प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा चौथो जित दर्ता गरेको छ। 

शुक्रबार भएको खेलमा बागमतीले मधेस प्रदेशलाई ३५ रनले हराएको हो। मधेसविरुद्ध जितका बाबजुद पनि बागमतीलाई फाइनल पुग्न कठिन देखिएको छ। 

बागमतीसँग हारका कारण मधेसको फाइनल यात्रामा भने धक्का पुगेको छ। बागमतीले दिएको २०९ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश ३४.३ ओभरमा १७३ रनमा अलआउट भयो। 

ओपनर मयन यादवले सर्वाधिक ४० रन बनाए। मोहम्मद आदिल अलामले २७, कप्तान अनिल शाहले २६ र विशाल सुशलिंगले २१ रन बनाए। 

मोहम्मद समिरले १६ र अभिषेक तिवारीले १० रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

बागमतीका प्रतिश जिसीले ९.३ ओभरमा ५५ रन दिएर पाँच विकेट लिए। रिजन ढकालले दुई विकेट आफ्नो नाममा गरे। 

त्यसअघि पहिले ब्याटिङ गरेको बागमती प्रदेशले ४८.४ ओभरमा २०८ रन बनाउँदा अलआउट हुन पुग्यो। उत्तम मगरले बनाएको ४४ रन नै बागमतीका लागि सर्वाधिक रह्यो।

कप्तान सन्दीप लामिछानेले ३६ र रिनजिन लामाले २९ रन रन थपे। आशुतोष घिरैयाले १८, रिजन ढकालले १५ र इशान पाण्डेले ११ रन बनाए। पाँच ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

मधेसका पवन सरार्फले तीन विकेट लिए। मोहम्मद आदिल अलाम र रन्जित कुमारले समान दुई विकेट लिए। विशाल पटेल, प्रदीप पासवान र अरनिको योदवले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad