नेपाल टेनिस संघले आईटीएफ एसिया–१२ एन्ड अन्डर टेनिस प्रतियोगिताको दक्षिण एसियाली क्षेत्रीय छनोट २०२६ आयोजना गर्ने भएको छ।
बिहीबार संघले काठमाडौँमा पत्रकार सम्मेलन गरी छनोट प्रतियोगितामा दक्षिण एसियाका नेपाल, भुटान, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंका गरि ६ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्ने जानकारी दिएको छ। ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा चैत ३० देखि वैशाख ४ गतेसम्म प्रतियोगिता चल्नेछ।
नेपालले पाचौँ पटक छनोट प्रतियोगिता गर्न लागेको हो। छनोटमा टिम स्पर्धामा दुई सिंगल्स र एक डबल्स विधामा खेल हुनेछ। प्रतियोगितामा ६ देशका ३३ खेलाडीले सहभागिता जनाउनेछन्।
छनोटमा नेपालको तर्फबाट पुरुषतर्फ आरित मल्ल, सभ्यजंग कार्की र सहंश बस्नेतले प्रतिस्पर्धा गर्नेछन्। गल्र्सतर्फ सारा पन्त, आर्या पौडेल र नायरा सिं घलेले खेल्नेछन्।
क्षेत्रीय छनोटबाट पहिलो र दोस्रो हुने ब्वाइज र गल्र्सका समान दुई टिमले सन् २०२६ मा सिंगापुरमा हुने एसियाली फाइनल खेल्नेछन्। एसियाली फाइनल सेप्टेम्बर १६ देखि २० सम्म हुनेछ।
Shares

प्रतिक्रिया