गोर्खा ब्रुअरी प्रा.लि. ले आगामी अप्रिल १० र ११, २०२६ मा प्रतिष्ठित रोयल नेपाल गल्फ कोर्स मा कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ आयोजना गर्ने भएको छ।
दुई दिनसम्म सञ्चालन हुने यस प्रतियोगिताले गल्फप्रेमीहरूलाई प्रतिस्पर्धात्मक खेलसँगै उत्कृष्ट स्पोर्टिङ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रतियोगिता लोकप्रिय स्टेबलफोर्ड फर्म्याट मा सञ्चालन हुनेछ, जहाँ स्कोरिङ ¾ ह्यान्डिक्यापका आधारमा गणना गरिनेछ। यसले विभिन्न स्किल लेभलका खेलाडीबीच निष्पक्ष र रोमाञ्चक प्रतिस्पर्धा सुनिश्चित गर्ने आयोजकको विश्वास छ।
प्रतियोगितामा पुरुषतर्फ अधिकतम १८ ह्यान्डिक्याप र महिलातर्फ २४ ह्यान्डिक्याप को सीमा निर्धारण गरिएको छ, जसले ब्यालेन्स्ड र कम्पिटिटिभ फिल्ड तयार पार्नेछ।
दुई दिनको प्रतियोगितामा कुल १३० जना सहभागी ले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ। यससँगै कार्ल्सबर्ग गल्फ क्लासिक यस सिजनकै सबैभन्दा प्रतिक्षित अमेट्युर गल्फ इभेन्ट्समध्ये एक बन्ने देखिएको छ।
यस प्रतियोगितामार्फत कार्ल्सबर्गले स्पोर्ट्सम्यानशिप, क्यामराडेरी र एक्टिभ लाइफस्टाइलको प्रवर्द्धनप्रति आफ्नो निरन्तर प्रतिबद्धता झल्काउनुका साथै प्रिमियम स्पोर्टिङ अनुभवसँग आफ्नो ब्रान्डको सम्बन्ध अझ सुदृढ बनाउने लक्ष्य लिएको छ।
नेपालकै सबैभन्दा आइकनिक गल्फ भेन्युमध्ये एक रोयल नेपाल गल्फ कोर्समा आयोजना हुन लागेको यो प्रतियोगिताले खेलाडी तथा दर्शक दुवैलाई उत्कृष्ट प्रतिस्पर्धा र कार्ल्सबर्गको सिग्नेचर ब्रान्ड एक्सपिरियन्ससहित अविस्मरणीय अनुभव दिने विश्वास गरिएको छ।

प्रतिक्रिया