खेल


सरकारको नीति तथा कार्यक्रममा खेलकुदः के के समेटियो?

सरकारको नीति तथा कार्यक्रममा खेलकुदः के के समेटियो?

नेपालखबर
जेठ २, २०७७ शुक्रबार १५:४४,

संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १३ औं दक्षिण एशियाली खेलकुद सागमा नेपालले ५१ स्वर्ण सहित २ सय ७ पदक जित्नुलाई सरकारले उपलब्धीको रुपमा लिएको छ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खेलाडीको क्षमता विकास गर्ने, स्थानीय र प्रादेशिक तथा राष्ट्रिय स्तरमा सुविधा सम्पन्न खेलकुद पुर्वाधार निर्माण र स्तरोन्नतीको कामलाई निरन्तरता दिने कुरालाई समेटिएको छ।

यस्तै उच्च पर्वतीय खेलकुद तालिम केन्द्र, निजी क्षेत्रबाट पहल गरेका खेल पूर्वाधारलाई प्रोत्साहन गरिने कुरा पनि नीति तथा कार्यक्रममा समेटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad