कारोबार


२५ किलो भनेर २१ किलो चामल बेच्ने पसललाई तीन लाख जरिवाना

२५ किलो भनेर २१ किलो चामल बेच्ने पसललाई तीन लाख जरिवाना

नेपालखबर
जेठ २, २०७७ शुक्रबार १६:१४,

बिक्री बिल जारी नगरी कम तौलको चामल बिक्री गरेको भन्दै एक पसललाई कारवाही गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आएको गोप्य सूचनालाई आधार बनाएर गरिएको अनुगमनमा मैतीदेवीस्थित मातारानी ट्रेडिङले स्थानीय चामल भन्दै छुट्टाछुट्टै तौल राखेर बिक्री गरेको भेटिएपछि कारवाहीस्वरुप रु तीन लाख जरिवाना गरिएको छ।

गुनासोका आधारमा विभाग र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गर्दा २५ किलोको बोरा भन्दै २१, २२ र २३ किलोको चामल बिक्री गरिएको भेटिएपछि तत्काल उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाही गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।

उनका अनुसार तीन छुटै तौल भएको चामलको बोरा नापतौल विभागले परीक्षणका लागि लगेको छ। स्थानीय चामल या बाहिरबाट ल्याएर स्थानीय भन्दै बिक्री गरिएको परीक्षणको रिपोर्ट आएपछि थाहा हुने उनले जानकारी दिए।

अनुगमनका क्रममा लोकल चामल भनेर अरुबाट नै खरीद गरेर चामल बिक्री गरेको र तौलका विषयमा आफू जानकार नभएको पसल सञ्चालकले बताएको उनले जानकारी दिए। ‘प्रारम्भिक अनुगमनका क्रममा बिक्री गर्ने पसलको पनि कमजोरी देखिएकाले तत्काल कारवाही गरिएको हो। चामल बिक्री गर्ने अन्य व्यक्तिहरुको खोजी गरिएको छ’, उनले भने, ‘गल्ती गर्नेहरुलाई नियमअनुसार विभाग र नापतौल विभागले छुट्टाछुट्टै कारवाही गर्नेछन्।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad