खेल


एरिका र स्यान्टुलाई सर्वोत्कृष्ट खेलाडी अवार्ड

एरिका र स्यान्टुलाई सर्वोत्कृष्ट खेलाडी अवार्ड

नेपालखबर
चैत २०, २०८२ शुक्रबार १६:५९, काठमाडौँ

करातेकी एरिका गुरुङ र टेबल‌ टेनिसका स्यान्टु श्रेष्ठ २०औँ एनएनआइपिए स्पोर्ट्स अवार्ड २०८१ मा सर्वोत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन्। 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को आयोजनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित चन्डेश्वरी मन्दिर परिसरमा भएको अवार्डमा करातेकी एरिका र टेबलटेनिसका स्यान्टु सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका हुन्। सर्वोत्कृष्ट खेलाडी बनेसँगै उनीहरूले जनही १ लाख रुपैयाँ हात पारेका छन्। 

करातेकी ऐरिका लगातार दोस्रो वर्ष सर्वोत्कृष्ट खेलाडी बन्न सफल भइन्। उनी करातेकी वर्षको उत्कृष्ट खेलाडी समेत बनिन्। एरिकाले वर्ल्ड कराते वान युथ लिगमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। यस्तै, अष्ट्रेलियन ओपन करातेमा पनि ऐतिहासिक स्वर्ण जितिन्।

टेबल टेनिसका स्यान्टुले ओलम्पिकको दक्षिण एसियाली छनोट जितेका थिए। उनी नेपालबाट टेबल टेनिसबाट ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी हुन्। पेरिस ओल्मपिक्समा नेपालको प्रतिनिधित्व गरेका थिए। स्यान्टु टेबल टेनिसको वर्षको उत्कृष्ट खेलाडी पनि बने। 

प्रतिभावान पुरूष खेलाडी अवार्ड तेक्वान्दोका अभिषेक बराल र महिलातर्फ बक्सिङकी स्वस्तिका तिरूवाले जिते। उनीहरूले जनही ५० हजार रुपैयाँ प्राप्त गरे।

वर्ष उत्कृष्ट पारा खेलाडी सम्मानबाट एथलेटिक्सकी प्रभा आङदाम्बे सम्मानित भईन्। उनले १५ हजार रुपैयाँ हात पारिन्। 

अवार्डमा ओलम्पिकमा आबद्ध २६ खेलका खेलाडी वर्ष उत्कृष्ट खेलाडी बने। वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट पौडीका एरबिन श्रेष्ठ, राफ्टिङ एण्ड क्यानोइङका रबिन चेपाङ, स्कीकी लक्ष्मी राई, आर्चरीका तिलक पुन, फेन्सिङका मिन कार्की, जिन्मयास्टिकका सुमित तनाखु, भारत्तोलनका दीलिप यादव, उसुका शिवजी सिल्वाल, कुस्तीका अमरेश कुमार यादव, जुडोकी दीक्षा मगर, बास्केटबलका मुकेश राखल मगर, भलिबलकी सुमित्रा रेग्मी, फुटबलकी प्रिती राई र ह्यान्डबलकी निशा राई सम्मानित भए। 

यस्तै, ब्याडमिन्टनकी रशिला महर्जन, टेनिसकी सुनिरा थापा, गल्फका सदभाव आचार्य, हक्कीकी निलिमा पाण्डे, ट्रायथलनका मौलिक महर्जन, साइक्लिङका अच्युत कृष्ण खरेल, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी रबिना चौधरी वर्षको उत्कृष्ट खेलाडी बने। वर्ष उत्कृष्ट खेलाडी बनेसँगै उनीहरुले जनही १५ हजार रुपैयाँ प्राप्त गरे। 

एनएनआईपीए पत्रकारिता पुरस्कारबाट वरिष्ठ फोटो पत्रकार उदिप सिंह क्षेत्री सम्मानित भए। उनले ३५  हजार रुपैयाँ र सम्मान पत्र पाए।
एनएनआईपीए स्पोर्टस अवार्डमा स्थानीय आयोजक बनेपा नगरपालिका रहेको थियो।अवार्ड कार्यक्रम पहिलो पटक काठमाडौँ उपत्यका बाहिर भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad