खेल


प्रशिक्षक कुमार राई गजराज आदर्श खेल व्यक्तित्व अवार्डबाट सम्मानित

प्रशिक्षक कुमार राई गजराज आदर्श खेल व्यक्तित्व अवार्डबाट सम्मानित

नेपालखबर
चैत २०, २०८२ शुक्रबार १६:२३, काठमाडौँ

न्यू डायमन्ड युथ स्पोर्टस क्लबका मुख्य प्रशिक्षक कुमार राई २०औँ एनएनआईपीए स्पोर्ट्स अवार्ड २०८१ मा गजराज आदर्श खेल व्यक्तित्व अवार्डबाट सम्मानित भएका छन्। 

शुक्रबार बनेपाको चण्डेश्वरी मन्दिरमा जारी स्पोर्टस अवार्डमा राईलाई ३५ हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरेको हो। 

राईलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव राम चरित्र मेहेता र बनेपा नगरपालिकाका मेयर शान्तीरत्न शाक्यले सम्मान गरे। 

राई न्यू डायमण्ड भलिबल एकेडेमीका संस्थापक र प्रशिक्षकसँगै महिला खेलाडी उत्पादनका स्रोत पनि हुन्। 

भलिबलका चर्चित खेलाडी रमिला तण्डुकारदेखि प्रतिभा माली, कृपा अधिकारी, रेश्मा भण्डारी, सलिना श्रेष्ठ, सुमित्रा रेग्मी, प्रगति नाथजस्ता खेलाडी पनि न्यू डायमण्ड कै उत्पादन हुन्। 

प्रशिक्षक राईले न्यू डायमण्डसँगै उमेर समूहको महिला राष्ट्रिय भलिबल टोलीको प्रशिक्षकको जिम्मेवारी समेत निभाइसकेका छन्।‌

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad