खेल


नेपाली क्लाइम्बिङ टोली चीन जाने

नेपाली क्लाइम्बिङ टोली चीन जाने

नेपालखबर
चैत २०, २०८२ शुक्रबार १६:१, काठमाडौँ

जापानमा हुने २०औँ एसियाली खेलकुदको छनोट प्रतियोगिता तथा विश्व च्याम्पियनसिपमा सहभागी हुन नेपाली क्लाम्बिङ टोली आइतबार चीन जाने भएको छ। 

प्रतियोगितामा पुरुषतर्फमा तेन्जिङ बर्टिन राई र रोनक उप्रेती तथा महिलातर्फ  स्वस्तिका चौधरीले सहभागिता जनाउने छन्। एसियाली क्लाइम्बिङ च्याम्पियनसिप चीनको मिसानमा यही २५ देखि २९ गतेसम्म हुँदैछ। नेपालले बाउल्डर र लिड स्पर्धामा भाग लिने छ।

एसियाली खेलकुदमा स्थान बनाउन शीर्ष १६ स्थानमा पर्नुपर्ने नेपाल क्लाम्बिङ स्पोर्टस् एशोसिएशनका महासचिव सन्तोष मादेनले बताए। विश्व क्लाम्बिङ सिरिज मे १ देखि ३ तारिखसम्म चीनको केकियाओमा हुँदैछ।

सो प्रतियोगितामा बाउल्डर विधा मात्र समावेश छ। दुवै प्रतियोगिताको बीचको अवधिमा खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइएको उनले बताए। 

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले आज एक कार्यक्रमबीच बिदाइ गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad