नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि निर्वाचन समिति गठन गरिएको छ।
कांग्रेस सभापति गगन थापाले निर्वाचन समिति गठन गरेका हुन्। कांग्रेस सहमहामन्त्री प्रकाश रसाइलीको नेतृत्वमा गठन भएको समितिमा मुना भुसाल र राजु कटुवाल सदस्य रहेका छन्।
निर्वाचिन समितिले छिट्टै दलको नेता चयनका लागि कार्यतालिका ल्याउने जनाएको छ। चैत २४ गते संसदीय दलको नेता चयन गर्ने गरी निर्वाचन समिति कार्यतालिका ल्याउने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।
सकभर सर्वसम्मत रुपमा नेता चयनको प्रयास गरिने र सहमति जुट्न नसके निर्वाचन प्रक्रियामा जाने जनाइएको छ। प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद छन्।
738
Shares

प्रतिक्रिया