खेल


आर्मीको अपराजित यात्रा कायमै, मधेसको पहिलो हार

आर्मीको अपराजित यात्रा कायमै, मधेसको पहिलो हार

नेपालखबर
चैत १९, २०८२ बिहिबार १७:६, काठमाडौँ

त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रालाई कायम राख्दा मधेस प्रदेशले भने पहिलो हार व्यहोरेको छ। 

बिहीबार भएको खेलमा मधेस त्रिभुवन आर्मीसँग ६ विकेटले पराजित हुँदा अपराजित यात्रामा पूर्णविराम लागेको हो। 

पीएम कपमा पहिलो हार भोगेको मधेस ३ खेलमा जित र एक खेलमा अंक बाँड्दै ७ अंकमा तालिकाको चौथो स्थानमा रहेको छ। 

मधेसलाई हराएसँगै पीएम कपमा अब आर्मी मात्र अपराजित टोली हो। चार खेलमा जित र एक खेलमा अंक बाँडेको आर्मी ९ अंकमा तालिकाको शीर्ष स्थानमा छ। 

मधेसले दिएको १ सय ८५ रनको लक्ष्य आर्मीले २९.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। 

आर्मीको जितमा ओपनर तृतराज दासले सर्वाधिक ६९ रनको योगदान दिए। उनले ७२ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। बसिर अहमद ४१ र अर्जुन साउद १ रनमा अविजित रहे। कप्तान विनोद भण्डारी ३२। कुशल मल्ल २४ र भिम सार्की ८ रनमा पेभेलियन फर्के। 

मधेसका मोहम्मद आदिल आलमले २ तथा पवन सर्राफ र विशाल सुस्लिङले समान एक विकेट लिए। 

त्यसअघि जनकपुरको रामजानकी बहुउदेश्यिय स्टेडियममा आर्मीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मधेश ४८.३ ओभरमा १ सय ८४ रन बनाउँदा अलआउट भयो। 

मधेसका लागि विशाल सुस्लिङले अर्धशतक पूरा गरे। उनले ७३ बलमा ३ चौका र २ छक्का सहयोगमा ५१ रन बनाए। अनिल शाहले ४२ रन थपे। पवन सर्राफले २२, विशाल पटेलले १६ रन थपे। 

मधेसलाई रोक्न बसिर अहमदले ३ विकेट लिए। साहब आलम र नरेन साउदले समान २ विकेट लिए। आकाश चन्द, कुशल मल्ल र पवन कार्कीले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad