खेल


सहिद स्मारक लिगमा त्रिभुवन आर्मीको सानदार सुरुवात

सहिद स्मारक लिगमा त्रिभुवन आर्मीको सानदार सुरुवात

नेपालखबर
चैत ४, २०८२ बुधबार १८:७, काठमाडौँ

त्रिभुवन आर्मी फुटबल क्लबले सहिद स्मारक एन्फा महिला लिगमा सानदार सुरुवात गरेको छ। 

बुधबार भएको दोस्रो खेलमा आर्मीले झापा एफसीमाथि ५-० गोल अन्तरको फराकिलो जित दर्ता गरेको हो। आर्मीले सबै गोल दोस्रो हाफमा गरेको थियो। 

आर्मीको जितमा अञ्जना थुलुङ राइले दुई तथा दिपा शाही, हिमा चौधरी र तुलसा बोहोराले एक-एक गोल गरे। दिपा शाहीले खेलको ५७औँ मिनेटमा गोल गरिन्। हिमा चौधरीले ६८औँ मिनेटमा गोल गर्दै आर्मीको अग्रता दोब्बर पारिन्। 

अञ्जनाले खेलको ८६औँ मिनेटमा गोल गर्दै आर्मीलाई ३-० को अग्रता दिलाइन्। त्यसको चार मिनेटपछि नै खेलको अन्तिम मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्। खेलको इन्ज्युरी समयमा तुलसा बोहोराले गोल गर्दै आर्मीलाई ५-० गोल अन्तरले जित दिलाइन्। 

खेलको प्लेयर अफ दि म्याच दिपा शाही बनिन्। उनले ७ हजार ५ सय रुपैयाँ प्राप्त गरिन्। 

यसअघि भएको उद्घाटन खेलमा संकटाले न्युरोड टिम (एनआरटी) माथि ४-० गोल अन्तरको फराकिलो जित निकालेको थियो। लिगमा बिहीबार दुई खेल हुनेछन्। पहिलो खेलमा बागमती युथ क्लब र आरएस पोखरा खेल्नेछन्। यो खेल बिहान ११ बजे सुरु हुनेछ। 

त्यस्तै, दोस्रो खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन्। यो खेल दिउँसो ३ बजे सुरु हुनेछ। दुवै खेल च्यासल मैदानमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad