खेल


एसियाडको प्रचारका लागि ‘फन रन’ हुँदै

एसियाडको प्रचारका लागि ‘फन रन’ हुँदै

नेपालखबर
फागुन २९, २०८२ शुक्रबार १६:२३, काठमाडौँ

जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड) को प्रचारप्रसारका लागि शनिबार ‘एसियन गेम्स फन रन’ हुने भएको छ। 

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै एसियाडको प्रचाप्रसार र खेल भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘एसियन गेम्स फन रन’ आयोजना गर्न लागेको जनाएको हो। करिब ३ किलोमिटर दूरीको फन रन शनिबार बिहान साढे ७ बजे सुरु हुने एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले जानकारी दिए। 

सातदोबाटोस्थित एनओसी भवन परिसरबाट सुरु भएर बी एन्ड बी अस्पताल गेट, ग्वार्को चोक, प्रभात स्कुल, लुस्सी, कनिबहा चोक, ओकुबाहाल, बैना, चक्रबही र हौगल हुँदै पाटन दरबार स्क्वायरस्थित कात्तिक डबली, मंगलबजारमा पुगेर सकिनेछ। 

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को कार्यक्रमअन्तर्गत आयोजना हुने फन रन एसियाडको खुशीयाली मनाउन, खेल भावना, एकता तथा सहभागिताको सन्देश फैलाउन आयोजना गर्न लागिएको जनाइएको छ। एसियाड जापानको आइची नागोया सहरमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुनेछ। 

एसियाडमा ४३ खेलअन्तर्गत ६८ विधाका ४६१ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। एसियाडमा यो पटक ‘प्याडल’ र ‘टेकबल’ गरी २ नयाँ खेल थपिएको छ। एनओसीले २०औँ एसियाडका लागि नेपालबाट ३२ खेलमा भाग लिने गरि दर्ता गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad