खेल


यसपटक आईसीसी क्रिकेट टी२० विश्वकपमा बने आधा दर्जन बढी कीर्तिमान

यसपटक आईसीसी क्रिकेट टी२० विश्वकपमा बने आधा दर्जन बढी कीर्तिमान

नेपालखबर
फागुन २६, २०८२ मंगलबार १७:१४, काठमाडौँ

तेस्रो पटक भारतले आईसीसी टी–२० विश्वकप २०२६ को उपाधि उचालेसँगै करिब १ महिना चलेको क्रिकेटको महाकुम्भ सकिएको छ।

आइतबार राति न्युजिल्यान्डलाई ९६ रनले हराउँदै भारतले घरेलु मैदानमा विश्वकपको उपाधि उचाल्यो। जुन भारतको कीर्तिमानी जित थियो।

भारतले न्युजिल्यान्डलाई हराउँदा विश्वकपको इतिहासमा विजेता टोलीले तीन नयाँ कीर्तिमान बनायो। घरेलु मैदानमा विश्वकप जित्दै भारतले आयोजक देशले विश्वकप उपाधि जित्ने पहिलो टोली बन्यो। यस्तै लगातार दोस्रो विश्वकप उपाधि जित्दै तीन उपाधि जित्ने पहिलो टोली बनेर कीर्तिमान आफ्नो नाममा गर्यो।

अब आईसीसी टी–२० विश्वकप २०२८ अस्ट्रेलिया र न्युजिल्यान्डमा संयुक्त रुपमा हुनेछ। दशौँ सस्कंरणको विश्वकप अक्टोबर २१ देखि नोभेम्बर १९ सम्म हुनेछ। भारत र श्रीलंकामा सम्पन्न दशौँ संस्करणको विश्वकपमा बनेका कीर्तिमानको चर्चा यहाँ गरिएको छ। 

फाइनलमा भारतले बनाएका तीन कीर्तिमान
न्युजिल्यान्डलाई हराउँदै भारतले टी–२० विश्वकपको उपाधि उचाल्दा तेस्रो पटक विश्वकप जित्ने पहिलो टोली बनेको छ। भारतले यसअघि सन् २००७ र २०२४ मा विश्वकप जितेको थियो। यस्तै भारत लगातार विश्वकप उपाधि जित्ने पहिलो टोली पनि बन्यो। यस्तै घरेलु मैदानमा टी–२० विश्वकपको उपाधि जित्ने पहिलो टोली समेत बनेको छ। 

२ सय ५५ रनको योगफल
फाइनलमा न्युजिल्यान्डविरुद्ध ५ विकेटको क्षतिमा २ सय ५५ रनको योगफल विश्वकपको फाइनलमा बनाएको सबैभन्दा बढी स्कोर थियो। 

भारतले न्युजिल्यान्डविरुद्ध कुनै पनि टी–२० आई नकआउट र प्लेअफ खेलमा बनाएको सबैभन्दा बढी स्कोर थियो।  

२ सय ५० बढीको योगफल
टी–२० आई विश्वकपमा २ सय ५० माथिको रन बनाउने भारत पहिलो टोली बन्यो। विश्वकपको फाइनलमा न्युजिल्यान्डसामु २ सय ५५ रनको योगफल बनाएको थियो। सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध २ सय ५७ रन बनाउँदा ७ विकेट गुमाएको थियो। जिम्बाबेविरुद्ध २ सय ५६ रन बनाउँदा ४ विकेट गुमाएको थियो। 

साहिबजादाको २ सय ८३ रन
आईसीसी टी–२० आई विश्वकपमा पाकिस्तानका साहिबजादा फरहानले २ सय ८३ रन बनाए। विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्षस्थानमा साहिबजादा छन्। विश्वकपमा दुई खेलमा उनले २ शतक हानेका थिए। यसअघि भारतका विराट कोहलीले २०१४ मा बनाएको ३ सय १९ रनको कीर्तिमान तोडे। 

१ सय ७६ रनको साझेदारी
आईसीसी टी–२० विश्वकपको सुपर ८ मा श्रीलंकाविरुद्ध पाकिस्तानका ओपनर शाहिबजादा फरहान र फखर जमानले पहिलो विकेटका लागि १ सय ७६ रनको साझेदारी गरे। यो टी–२० आई क्रिकेटमा कुनै पनि विकेटका लागि भएको सर्वाधिक रनको साझेदारी हो। 

पावर प्लेको ९२ रन 
विश्वकपको फाइनलमा न्युजिल्यान्डविरुद्ध भारतले पावर प्लेमा विना विकेटको क्षति ९२ रन बनाएको थियो। यो साझेदारीले पावर प्लेमा भएको साझेदारी बराबरी हो। विश्वकपको पावर प्लेमा ९२ रनको साझेदारी दोस्रो हो। यसअघि अफगानिस्तानविरुद्ध वेस्ट इन्डिजले पावर प्लेमा ९२ रनको साझेदारी गर्दा १ विकेट गरेको थियो। 

सञ्जु सामसनको व्यक्तिगत ८९ रन 
भारतका ब्याटर सञ्जु सामसनले विश्वकपको फाइनलमा ८९ रन बनाए। यो विश्वकपको फाइनलमा न्युजिल्यान्डविरुद्ध सञ्जुले बनाएको व्यक्तिगत सर्वाधिक रन हो। 

एक खेलमा ४ सय ९९ रन 
भारत र इंग्ल्यान्डले विश्वकपको सेमिफाइनलमा कुल ४ सय ९९ रन बनाउँदै विश्वकपमा सर्वाधक रन बनाए। सेमिफाइनलमा भारतले २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ५३ रन बनाएको थियो। इंग्ल्यान्डले ७ विकेटको क्षतिमा २ सय ४६ रन बनाएको थियो। 
यो टी–२० आई इतिहासमा बनेको दोस्रो सर्वाधिक रन हो।

३३ बलमा शतक
न्युजिल्यान्डका फिन एलेनले टी–२० आई विश्वकपमा सर्वाधिक छिटो शतक पूरा गर्ने खेलाडीको सूचीको शीर्षस्थानमा आफूलाई उभ्याएका छन्। दक्षिण अफ्रिकाविरुद्ध उनले ३३ बलमा १० चौका र ८ छक्का सहयोगमा शतक पूरा गरे। 

यसअघि सन् २०१६ इंग्ल्यान्डविरुद्ध वेस्ट इन्डिजका क्रिस गेलले ४७ बलमा शतक हानेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad