खेल


विश्वकपको फाइनलमा भारतले न्युजिल्यान्डलाई दियो २५६ रनको विशाल लक्ष्य

विश्वकपको फाइनलमा भारतले न्युजिल्यान्डलाई दियो २५६ रनको विशाल लक्ष्य

नेपालखबर
फागुन २४, २०८२ आइतबार २१:१८, काठमाडौँ

आईसीसी टी–२० विश्वकपको दशौँ संस्करणको उपाधि जित्न साविक विजेता भारतले न्युजिल्यान्डसामु २ सय ५६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

भारतको अहमावादस्थित नरेन्द्र मोदी स्टेडियममा न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५५ रनको विशाल योगफल तयार पारेको हो। 

पहिलो विकेटका लागि ओपनर सञ्जु सामसन र अभिषेक शर्माले ७.१ ओभरमा ९८ रनको साझेदारी गरेका थिए। आठौँ ओभरको पहिलो बलमा ओपनर अभिषेक २१ बलमा ६ चौका र ३ छक्का सहयोगमा ५२ रन बनाउँदा रचिन रविन्द्रको बलमा क्याच आउट हुन पुगे। 

दोस्रो विकेटका लागि सञ्जु र इसान किसानले १ सय ५ रनको साझेदारी गरे। ओपनर सञ्जु ८९ रन बनाउँदा जिम्मी निसमको बलमा क्याच आउट भए। उनले ४६ बलमा ५ चौका र ८ छक्का प्रहार गरे। 

जिम्मीले १५औँ ओभरमा लगातार तीन विकेट लिँदै भारतलाई दबाबमा राखेका थिए। २५ बलमा ४ चौका र ४ छक्का प्रहार गरेका इसान किसान ५४ रन बनाउँदा जिम्मीको बलमा नै क्याच आउट भए। 

हार्दिक पाण्ड्या १८ रनमा पेभेलियन फर्के। शिवम दुवे २६ र तिलक बर्मा ८ रनमा अविजित रहे। 

न्युजिल्यान्डका लागि जिम्मी निसमले ३ विकेट लिए। म्याट हेन्री र रचिन रविन्द्रको नाममा समान एक विकेट रह्यो। 

न्युजिल्यान्डले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad