एएफसी महिला एसियन कपअन्तर्गत समूह चरणमा भारतीय राष्ट्रिय महिला फुटबल टोलीले जापानसँग फराकिलो हार बेहोरेको छ।
शनिबार भएको समूह चरणको दोस्रो खेलमा भारतीय महिला टोलीले जापानसँग ११–० गोल अन्तरको फराकिलो हार भोगेको हो।
जापान दुई पटकको च्याम्पियन टोली हो। जापानको सानदार जितमा हिनता मियाजावा र रियो युकीले ह्याट्रिक पूरा गरे।
किको सेयुले २ तथा युजुकी यामामोता, युयी हासागोवा, माया हिजिकताले समान एक गोल आफ्नो नाममा गरे।
समूह चरणको पहिलो खेलमा भारत भियतनामसँग २-१ ले पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा भारतले चाईनिज ताईपेईविरुद्व खेल्ने तालिका छ।
आजै भएको अर्को खेलमा चाईनिज ताइपेइले भियतनामलाई १-० गोल अन्तरले हराएको थियो। लगातार दोस्रो हारसँगै समूह ‘सी’मा रहेको भारत समूह चरणको पुछारमा छ।
लगातार दोस्रो जित निकालेको जापान ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। समान ३ अंक भएको चाइनिज ताईपेई दोस्रो र भियतनाम तेस्रो स्थानमा छन्।
Shares

प्रतिक्रिया